विश्व मातृ भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

विश्व मातृ भाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

तेजना पण्डित

काठमाडौं, ९ फागुन । आज विश्व मातृ भाषा दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालमा १ सय २३ वटा भाषालाई मातृभाषा मानिएको छ । तर, मातृभाषा संक्षणमा भने पर्याप्त काम हुन सकेको छैन । विज्ञहरुले भातृभाषाको संरक्षणका लागि विभिन्न उपायहरु सुझाएका छन् ।

सन् २००० मा संयुक्त राष्ट्रसंघले मात्रीभाषा दिवसका रुपमा आव्हान गरेपछि फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मात्रीभाषा दिवसका रुपमा मनाउँदै आइएको छ । तत्कालीन पूर्वी पाकिस्तानमा बंगाली भाषा बोल्न पाउनुपर्दछ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थी मारिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । विविध भाषा संस्कृतिले भरिपूर्ण मानिने नेपालमा २०६८ को जनगणना अनुसार एक सय २३ मात्रीभाषा बोलिन्छ ।

यसबाहेक अन्य भाषा र अज्ञात भाषाकारूपमा पनि केही वक्ताले बोल्ने भाषालाई सूचीकृत गरिएको छ । कुल जनसंख्यामध्ये ४४ दशमलव छ प्रतिशतले नेपालीलाई आफ्नो मात्रीभाषा मानेका छन् भने ७७ दशमलव ३७ प्रतिशतले दोश्रो भाषाको रुपमा नेपालीलाई स्वीकारेका छन् । नेपालमा नेपाली भाषापछि सबैभन्दा वढी ११ दशमलव ७ प्रतिशतले मैथिली भाषाको प्रयोग हुन्छ । त्यसपछि ६ प्रतिशतले भोजपुरी, ५ दशमलव आठ प्रतिशतले थारु, ५ दशमलव १ प्रतिशतले तामाङ्ग भाषा बोल्छन् ।

यस्तै ३ दशमलव २ प्रतिशतले नेवारी र सबैभन्दा कम १ हजार ६ सय ६९ मानिसले संस्कृत भाषा बोल्ने गरेका छन् । एकसय २३ वटा भाषालाई समान रुपमा संवैधानिक हैसियत प्रदान गर्ने गरी संविधानले भाषा आयोगको व्यवस्था गरेको छ । तर, मातृभाषा संरक्षण गर्न सरकारको कुनै पनि प्रयास प्रभावकारी नदेखिएको विज्ञहरु बताउँछन् । विद्यालय तहमै मातृभाषा प्रयोग हुनु सबैभन्दा उत्तम हुने विज्ञहरुको जोड छ । यसो गरिँदा शिक्षाको गुणस्तरमा समेत सहयोग पुग्ने उनीहरु बताउँछन् ।

पछिल्लो समय अंग्रेजी भाषा हावी हुँदा मातृभाषा ओझेल पर्दै गएको चिन्ता पनि गरिन्छ । सामान्यतया घरमा मातृभाषाको प्रयोग गरेर आफ्ना सन्तानलाई सिकाउन सक्दा पनि यसको संरक्षण हुने मातृभाषाका जानकारहरु बताउँछन् ।

मातृभाषा कुनै पनि मुलुकको पहिचान हो । यसको संरक्षणमा सबै पक्षले मिलेर काम गर्नुपर्छ । मुलुक संघीयतामा गइसकेको अवस्था छ । यो बेला प्रदेश र स्थानीय सरकारले आपसी समन्वयमा मातृभाषाको संरक्षणमा जोड दिन सक्नुपर्छ । त्यसका लागि विद्यालय तहमै मातृभाषा पढाउने र नयाँ पुस्तालाई यसको महत्वबोध गराउन सक्ने हो भने यसको संरक्षण अवस्य हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);