देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहरको जोखिम | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८३, शनिबार

देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहरको जोखिम

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भू–भागमा मौसममा बदली भई वर्षा, हिमपात र तातो लहरको मिश्रित प्रभाव रहने देखिएको छ । आज दिउँसो देशका हिमाली र पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बादल लाग्ने सम्भावना छ । मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बदली रहने भएपनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । विभागकाअनुसार हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । यसैगरी, कोशी प्रदेशको तराई र मधेश प्रदेशका थोरै स्थान तथा वागमती र गण्डकी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुन सक्ने देखिन्छ । गर्मीको सन्दर्भमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर (लू) चल्ने सम्भावना छ । साथै, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा समेत अत्यधिक गर्मी भई तातो दिन हुनसक्ने भएकाले शतर्कता अपनाउन अनुरोध गरिएको छ । आज राति कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै मधेस प्रदेशमा साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग र वागमती तथा गण्डकीको तराई क्षेत्रमा आंशिक बदली रहनेछ । रातिको समयमा कोशी, वागमती र गण्डकीका पहाडी भेगका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित वर्षा वा हिमपातको सम्भावना छ । कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Leave a Reply