प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने काम नभएसम्म संसदमा विरोध जारी रहन्छः एमाले सांसद हमाल | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउने काम नभएसम्म संसदमा विरोध जारी रहन्छः एमाले सांसद हमाल

काठमाडौं ।

प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद टुकाभद्रा हमालले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको अभिव्यक्ति नसच्चिएसम्म आफूहरुको विरोध प्रदर्शन जारी रहने बताउनुभएको छ । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त अडान राख्नुभएको हो । सांसद हमालले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपक्ष दलहरुको पनि विगतका काण्डहरुको फाइल खोल्छु भनि धम्क्याउने गरेको भन्दै आपत्ति जनाउनु भयो । अर्थमन्त्री वाग्लेलाई सांसद हमालले विपक्ष दलहरुलाई विगतको फाईल खोलेर कारबाही गर्न पनि चुनौति दिनुभयो ।सांसद हमालले सरकारले विपक्ष दलहरुलाई धम्क्याउने काम गर्नु उचित नभएको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार