सर्वसम्मत भए संसदीय दलको नेता बन्छु : शशांक | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

सर्वसम्मत भए संसदीय दलको नेता बन्छु : शशांक

sashanka-koirala

काठमाडौं, ८ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजी गर्ने बताएका छन् ।

महामन्त्री कोइरालाले सर्वसम्मत भएमात्रै आफू संसदीय दलको नेता बन्न चाहेको उनले बताए । संसदीय दलको नेताको चुनाव भने नलड्ने उनको योजना छ ।

मंगलबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसंग संक्षिप्त कुराकानी गर्दैै महामन्त्री कोइरालाले एमाले र माओवादी केन्द्रबीच एकता गर्ने सहमति भएकोमा आफू खुसी भएको प्रतिक्रिया दिए ।

महामन्त्री कोइरालाले पार्टीलाई जोगाएर अघि बढाउने योजना पनि अघि सारे । उनले पार्टीलाई प्रतिपक्षमा हुँदा नै संगठित गर्न सहज हुने धारणा राखेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);