अन्याय र दमनका अगाडि शीर झुकाउँदिनः एमाले अध्यक्ष ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

अन्याय र दमनका अगाडि शीर झुकाउँदिनः एमाले अध्यक्ष ओली

काठमाडौँ ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र अन्य नेताहरूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको छ । सरकारले राज्य संयन्त्रको दुरुपयोग गरी आफूविरुद्ध प्रमाण जुटाउन खोजे पनि त्यसमा असफल भएको उहाँको दाबी छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको सम्पूर्ण ध्यान काममा भन्दा पनि आफू र नेपाली काश्ग्रेसका नेता रमेश लेखकलाई कसरी फसाउन सकिन्छ भन्नेतर्फ केन्द्रित भएको बताउनु भयो । सरकारले मुद्दा चलाउने ठाउँ नभेटेपछि प्रहरी प्रशासनमा समेत हस्तक्षेप गरेको उहाँको भनाइ छ ।

आफ्नो राजनीतिक दृढता व्यक्त गर्दै अध्यक्ष ओलीले जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि आफू विचलित नहुने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले राष्ट्रियताका सवालमा कुनैपनि किसिमको सम्झौता नगर्ने पुनः दोहो¥याउनुभएको छ । देशको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा आफू सदैव अडिग रहने उहाँले बताउनु भयो । प्रतिक्रियावादी शक्तिहरूले दमन, धम्की वा त्रासको वातावरण सिर्जना गरे पनि आफू त्यससँग नडराउने र दृढतापूर्वक सामना गर्ने उहाँको भनाइ छ ।

Leave a Reply