विशेष कार्यक्रम आयोजना गरि निर्वाचन दिवस मनाईयो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ७ फागुन । २०१५ साल फागुन ७ गते नेपालमा पहिलो पटक निर्वाचन भएको सम्झनामा सोमबार विशेष कार्यक्रम आयोजना गरि निर्वाचन दिवस मनाइएको छ ।

निर्वाचन आयोगको कार्यालय कान्तिपथमा एक विशेष कार्यक्रमको आयोजना गरि दोस्रो निर्वाचन दिवस मनाइएको हो । कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश गोपालप्रसाद पराजुली, संवैधानिक निकायका प्रमुखहरु, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनलाई अझै स्वच्छ, स्वतन्त्र र विश्वसनीय बनाउन निर्वाचन दिवसले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले तीन वटै तहको निर्वाचन सम्पन्न गरेर निर्वाचन आयोगले महत्वपूर्ण संवैधानिक दायित्व सफलतापूर्वक सम्पन्न गराएको भन्दै धन्यवाद समेत दिए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले निर्वाचनपछि मुलुकमा राजनीतिक संक्रमणकालको अन्त्य भएको उल्लेख गर्दै जनताको जीवनस्तर माथि उठाउने अभियानमा सबैलाई परिचालित हुन पनि आह्वान गरे । उनले समावेशी आर्थिक रुपान्तरणको माध्यामबाट मुलुकलाई समृद्ध बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले सुखी नेपालीः समृद्ध नेपाल बनाउनु सरकारको मुख्य कार्यभार भएको उल्लेख गरे । कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले एक वर्ष भित्रै ३ वटै तहको निर्वाचन सम्पन्न गराएर आयोगले नयाँ कीर्तिमान कायम गरेको दावी गरे । उनले संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न गराउन राजनीतिक दलहरुले महत्वपूर्ण सहयोग गरेको स्मरण गरे । निर्वाचन आयोगले गत वर्षदेखि निर्वाचन दिवस मनाउन सुरु गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);