निर्वाचन आयोगले विविध कार्यक्रम गरि निर्वाचन दिवस मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ५ फागुन । निर्वाचन आयोगले विविध कार्यक्रम गरि दोश्रो निर्वाचन दिवस मनाईरहेको छ । निर्वाचन सुरु गरेर प्रजातन्त्रिक पद्धती अबलम्बन भएको सम्झनामा निर्वाचन दिवस मनाउन सुरु गरेको आयोगले यस बर्ष शनिबार, आईतबार र सोमबार सम्म विविध कार्यक्रम गरि दोश्रो निर्वाचन दिवस मनाउन लागेको हो ।

तीन दिन सम्म विविध कार्यक्रम गरि दोश्रो निर्वाचन दिवस मनाउने निर्णय अनुसार शनिबार आयोग परिसरमा रक्तदान कार्यक्रम आयोजना गरियो । रक्तदान समारोहमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन दिवसले निर्वाचन, मतदान र प्रजातन्त्रको महत्व दर्शाउन मद्दत पुर्याउने बताए ।

नेपालकै इतिहासमा २०१५ सालमा निर्वाचन प्रारम्भ भएकै दिन फागुन ७ लाई निर्वाचन दिवस मनाउने निर्णय अनुसार यो दिवस मनाईएको हो । विशेष गरेर मतदान, प्रजातन्त्र र निर्वाचनको महत्व दर्शाउन तथा बुझाउनका लागि दिवसले मद्दत पुराउने विश्वास आयोगले लिएको छ ।

आयोगका उपसचिव प्रेम लुईटेलले निर्वाचन मार्फत जनताले प्रत्यक्ष रुपमा प्रतिनिधि मार्फत शासनमा सरिक हुने शुभकार्यको थालनी गरेको सम्झनामा दिवस मनाउन सुरु गरिएको बताए । आयोगले आईतबार प्रभातफेरी सहितको विशेष कार्यक्रम गर्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);