निर्यातमा आएको गिरावटका कारण टर्कीको आर्थिक वृद्धिदरमा सुस्तता | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

निर्यातमा आएको गिरावटका कारण टर्कीको आर्थिक वृद्धिदरमा सुस्तता

टर्कीको आर्थिक वृद्धिदर चालु वर्षको पहिलो त्रैमासमा २.५ प्रतिशतमा खुम्चिएको छ । टर्कीको तथ्यांक संस्थान (तुर्कस्टाट) द्वारा सोमवार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार निर्यातमा आएको उल्लेख्य गिरावटले समग्र आर्थिक गतिविधिलाई प्रभावित पारेको हो । अघिल्लो त्रैमासमा ३.४ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस पटक २.७ प्रतिशत रहने बजारको प्रक्षेपण थियो। यद्यपि, वास्तविक तथ्यांक अनुमान गरिएभन्दा कम देखिएको छ । तुर्कस्टाटकाअनुसार जनवरी–मार्चको अवधिमा वस्तु तथा सेवाको निर्यातमा गत वर्षको सोही अवधिको तुलनामा १२.७ प्रतिशतले कमी आएको छ । अमेरिका, इजरायल र इरान संलग्न क्षेत्रीय द्वन्द्वका कारण इन्धनको मूल्यमा भएको भारी वृद्धि र त्यसबाट सिर्जित मुद्रास्फीतिको दबाबलाई यस सुस्तताको मुख्य कारण मानिएको छ । सन् २०२५ को अधिकांश समय मुद्रास्फीति नियन्त्रण उन्मुख रहे तापनि पछिल्लो समय मूल्यवृद्धिको चाप पुनः बढेको प्रतिवेदनमा उल्लेख छ । यसअघि सन् २०२५ मा टर्कीको अर्थतन्त्र समग्रमा ३.६ प्रतिशतले विस्तार भएको थियो ।

Leave a Reply