देउवा सरकारले गरेका निर्णय खारेज नगर्न प्रधानको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

देउवा सरकारले गरेका निर्णय खारेज नगर्न प्रधानको आग्रह

काठमाडौं, ७ फागुन । नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका कुनै पनि निर्णय खारेज नगर्न सरकारलाई चेतावनी दिएको छ ।

काँग्रेस नेता एवम् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले अघिल्ला सरकारले गरेका निर्णय नयाँ सरकारलाई खारेज नगर्न नमिल्ने बताए ।

उनले प्रजातन्त्रमा अघिल्ला सरकारले लिएका निर्णय नयाँ सरकारले खारेज गर्नु न्यायसंगत नहुने तर्क गरेका छन् । संविधान, कानुन र मुलुकमाथि आर्थिक भार थोपर्नेगरी देउवा नेतृत्वको सरकारले लिएका निर्णय फिर्ता लिने नयाँ सरकारले तयारी गरिरहेको छ ।

यता, काँग्रेस नेता प्रधानले भने प्रजातन्त्रमा त्यसो गर्न न्यायसम्मत नहुने प्रतिक्रिया दिएका छन् । सोमबार काठमाडौंमा आयोजित नेपाल आंशिक प्राध्यापक संघको राष्ट्रिय भेलामा बोल्दै उनले आंशिक प्राध्यापकहरुको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन्

काँग्रेस नेता प्रधानले आफूहरुको समस्या समाधान नभए अनसन बस्न तयार हुन आंशिक प्राध्यापकहरुलाई हौसाएका छन् ।

ताजा समाचार