नेपाललाई एलडिसीको सूचीबाट स्तरोन्नति गराउन दुई वर्ष समय थप्ने | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८३, आइतबार

नेपाललाई एलडिसीको सूचीबाट स्तरोन्नति गराउन दुई वर्ष समय थप्ने

काठमाडौँ ।

सरकारले नेपाललाई अति कम विकसित मुलुक (एलडिसी) को सूचीबाट स्तरोन्नति गराउने समय दुई वर्ष थप गर्ने भएको छ ।शुक्रवार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्षको बजेट प्रश्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले स्तरोन्नतीको प्रक्रिया तत्काल अघि नबढाई थप दुई वर्षका लागि स्थगित गर्ने निर्णय गरेको बताउनु भयो । नेपालले राष्ट्रसंघले तोकेको न्यूनतम योग्यता पूरा गरिसकेको भएपनि दिगो र अप्रतिगम्य स्तरोन्नतिको सुनिश्चितताका लागि समय आवश्यक रहेको बताउनु भयो ।

उहाँले घनीभूत आर्थिक, सामाजिक तथा राष्ट्रिय पुनर्जागरणको आधारमा नेपाललाई थप सुदृढ बनाउँदै स्तरोन्नति गराउने सरकारको नीति रहेको बताउनु भयो । यसअघि निजी क्षेत्रले सरकारलाई तीन वर्ष समय थप गर्न सुझाव दिदै आएका थिए । नेपालले २०२६ मा अतिकम मुलुकबाट विकासोन्मुख देशमा स्तरोन्नती गर्ने लक्ष्य राखेको थियो ।

Leave a Reply

ताजा समाचार