अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पर्यटन मन्त्रालयका नीति–कार्यक्रमबारे छलफल | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पर्यटन मन्त्रालयका नीति–कार्यक्रमबारे छलफल

काठमाडौँ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमका बारेमा छलफल भएको छ । मंगलवार बसेको बैठकमा मन्त्रालयको चालूको योजना र आगामी बजेटका बारेमा छलफल भएको समिति सभापति सुम्नीमा उदासले जानकारी दिनुभयो । बैठकमा आगामी बजेट, नीति, योजना तथा कार्ययोजनाका विषयमा सांसदहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

छलफलका क्रममा सांसदहरुले अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नति गर्नुपर्ने, पर्यटन क्षेत्रलाई प्रभावकारी रूपमा सम्बोधन गर्नुपर्ने तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्ने विषय उठाएको उहाँले जानकारी दिनुभयो । सभापति उदासले छलफल सामान्य प्रकृतिको रहेको उल्लेख गर्दे सरकारलाई निर्देशन दिने खालको नभएको बताउनु भयो ।

Leave a Reply