सदनमा प्रधानमन्त्रीको खोजीपछि सभामुख–प्रधानमन्त्री बालेन भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८३, आइतबार

सदनमा प्रधानमन्त्रीको खोजीपछि सभामुख–प्रधानमन्त्री बालेन भेटवार्ता

प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै प्रश्न उठाएपछि सभामुख संसद् बैठक स्थगित गरेर प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।प्रधानमन्त्री र सभामुखबीच करिब आधा घण्टा छलफल भएको बताइएको छ। सभामुखले त्यसपछि विपक्षी दलका नेताहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिलाई लिएर विपक्षी सांसदहरूले लगातार सदनमा प्रश्न उठाइरहेका छन्। प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन सभामुखले रुलिङ गर्नुपर्ने माग विपक्षीको छ। तर हालसम्म सभामुखले त्यस्तो रुलिङ गरेका छैनन्।उता, प्रधानमन्त्री अनुपस्थित रहँदा सरकारका तर्फबाट मन्त्रीहरूले नै सदनमा जवाफ दिने र विधेयक पेश गर्ने काम गरिरहेका छन्।

Leave a Reply