जनताका जल्दोबल्दो समस्या समाधानमा गम्भिर बन्न सरकारलाई सांसदहरुको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८३, सोमबार

जनताका जल्दोबल्दो समस्या समाधानमा गम्भिर बन्न सरकारलाई सांसदहरुको आग्रह

काठमाडौँ 

सांसदहरुले जनताका जल्दाबल्दा समस्याहरु तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरु अच्युतम लामिछाने, इन्दिरा रानामगर, अनुष्का श्रेष्ठलगायतले किसानहरुका लागि समयमा नै मल, विउविजनको व्यवस्था गर्नुपर्ने लगायतका आम जनताका सरोकारका विषयमा गम्भिर बन्न सरकारलाई सचेत गराउनुभएको हो । सांसद लामिछानेले किसानलाई खेतीवालीका लागि आवश्यक पार्ने सबै सामग्रीहरुको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद इन्दिरा रानामगरले झापामा एशिएन हाईं वे बनाउनका लागि बस्तीमा वायु प्रदुषण हुने गरी अलकत्र निर्माण कार्य गरिएको भन्दै तत्काल हटाउनका लागि सरकारसँग माग गर्नु भयो । उहाँले पाटन औद्योगिक क्षेत्रको व्यवस्थापनमा पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताउनु भयो । सांसदहरुले सरकारले पर्यटन प्रवद्र्धनका लागि सक्षम संरचना निर्माणमा ध्यान दिनुपर्ने बताउनु भयो । त्यसैगरी उहाँले कर्मचारीहरुको नियुिक्त प्रक्रियामा ढिलाई नगर्न पनि सरकारलाई दबाब दिनुभयो । सांंसद श्रेष्ठले सरकारले नागरिकको सेवाको कामलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।

Leave a Reply