काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसका नेता अर्जुननरसिंह केसीले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्नुभएको छ । सोमवार प्रतिनिधिसभा बैठकमा शुन्य समय लिएर बोल्दै उहाँले सो आयोगको प्रतिवेदन अझै औपचारिक रुपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाउनुभएको हो ।
उहाँले सो प्रतिवेदन सबै सांसदहरुलाई उपलब्ध गराउन पनि सरकारलाई सचेत गराउनु भयो । उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएको पनि सांसदहरुको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो ।





