वैदेशिक सहायता परिचालनको जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिन सांसद कार्कीको प्रश्ताव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

वैदेशिक सहायता परिचालनको जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिन सांसद कार्कीको प्रश्ताव

काठमाडौँ 

नेकपा (एमाले) का सांसद अर्जुनकुमार कार्कीले वैदेशिक सहायता परिचालनको मुख्य जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिनुपर्ने प्रश्ताव गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त सदनमा प्रश्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संशोधन पेश गर्दै सांसद कार्कीले यस्तो माग राख्नुभएको हो । सांसद कार्कीले मुलुकको परराष्ट्र नीतिमा आर्थिक कुटनीतिलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिँदै हाल अर्थ मन्त्रालय मातहत रहेको वैदेशिक सहायता परिचालनको कार्य परराष्ट्र मन्त्रालय र यस अन्तर्गतका कुटनीतिक नियोगहरू मार्फत हुनुपर्ने जिकिर गर्नुभयो ।

नेपाल अति कम विकसित राष्ट्रहरूको समूहको अध्यक्षता गरिरहेको मुलुक भएको स्मरण गराउँदै कार्कीले वैदेशिक सहायताको सही परिचालनबाट मात्रै गरिबी निवारण र विकासशील राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न सकिने बताउनु भयो । आर्थिक कुटनीतिलाई सबल र परिणाममुखी बनाउन संरचनात्मक सुधार आवश्यक रहेको उहाँको तर्क छ । सांसद कार्कीले बुँदा नम्बर ९० मा संशोधन प्रश्ताव गर्दै नेपाली डायस्पोरा र गैरआवासीय नेपालीहरूको लगानी आकर्षित गर्न ‘एनआरएन इन्भेस्टमेन्ट फण्ड’ को प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । विदेशमा रहेका नेपालीहरूको पुँजीलाई नेपालको विकासमा परिचालन गर्न उनीहरूलाई दोहोरो कर प्रणालीबाट मुक्त गराउनुपर्ने र लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुटनीतिक क्षेत्रको अनुभव समेत सँगाल्नुभएका सांसद कार्कीले राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानलाई केन्द्रमा राख्दै अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न विशेष पहलकदमी लिन सरकारलाई सुझाव दिनुभएको छ ।

Leave a Reply

ताजा समाचार