दाङमा १७ जना कन्याको सामुहिक बेल विवाह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा १७ जना कन्याको सामुहिक बेल विवाह

गोपाल भट्टराई

दाङ, ५ फागुन । दाङमा पहिलो पटक सामुहिक बेल विवाह गरिएको छ । नेवार समुदायमा बालिका रजश्वला नहुँदै बेलसँग विवाह गर्ने प्रचलन अनुसार १७ जना कन्याको बेल विवाह गरिएको हो ।

शनिबार दाङको तुलसीपुर स्थित त्रिशिदेश्वरी मन्दिरमा रमझम थियो । जहाँ १७ जना बालिका बाजागाजा सहित बेहुलीको भेषमा थिए । नेवार समुदायमा बालिका रजश्वला नहुँदै बेलसँग विवाह गरिदिने परम्परा छ । त्यही बेलविवाहले त्रिशिदेश्वरी मन्दिरमा रमझम भएको हो ।
पज
बेल विवाह गर्ने बालिका दिनभरी व्रत बसेर बेल लगायत कलश, बज्र, चक्रआदिको पूजा आजा गर्दछन् । बावुको घरमै छोरी रजस्वला भए बाबुलाई दोष लाग्ने नेवार समुदायमा बिश्वास रहेकाले बेल विवाह गरिदिने प्रचलन छ ।

बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । नेवार समुदायमा छोरीको तिन पटक विवाह गरिन्छ । बेल बिबाह गर्नुको अघिल्लो दिन मिठो मिठो खानेकुरा कन्याहरुलाई दिने प्रचलन छ । बिबाहको दिन नुन हालेको परिकार खान नदिई चोखो खानेकुरा मात्र दिने चलन छ ।

बेलसँग विवाह भएपछि विजोर वर्षमा बाह्र दिनसम्म गुफामा राखेपछि सूर्यदर्शन गराइन्छ र वयस्क भएपछि बरसँग विवाह गराइन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);