नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनः नयाँ नेतृत्वका लागि मतदान शुरु | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ महाधिवेशनः नयाँ नेतृत्वका लागि मतदान शुरु

देशभरका यातायात व्यवसायीहरूको छाता संगठन ‘नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ’ को नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया शुरु भएको छ ।
पोखरामा जारी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधवार बिहान ७ बजेदेखि मतदान कार्य प्रारम्भ भएको हो । महासंघका उपमहासचिव पुरुषोत्तम सिंखडाकाअनुसार आगामी तीन वर्षको कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न मतदान शुरु गरिएको हो । यस महाधिवेशनमा देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान गर्दैछन् । मतदान प्रक्रियालाई सहज र छिटो बनाउन विद्युतीय माध्यम (इलेक्ट्रोनिक भोटिङ मेसिन) को प्रयोग गरिएको महासंघले जनाएको छ । महासंघको अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला र हरिशरण केसी मुख्य प्रतिष्पर्धीका रूपमा चुनावी मैदानमा हुनुहुन्छ । अध्यक्षका उम्मेदवार सिटौला महासंघको वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ । उहाँको उम्मेदवारीको प्रश्तावकमा महासंघका बहालवाला अध्यक्ष विजयबहादुर स्वाँर र समर्थकमा निःवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार योगेन्द्रनाथ कर्माचार्य रहनुभएको छ । गत आईतवारदेखि शुरु भएको यस महाधिवेशनले आगामी तीन वर्षका लागि महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ ।

Leave a Reply