प्रतिनिधि सभाको मस्यौदा नियमावली पेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८३, बिहीबार

प्रतिनिधि सभाको मस्यौदा नियमावली पेश

प्रतिनिधि सभाको नियमावली मस्यौदा –२०८३ पेश गरिएको छ ।
सोमवारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले समितिको मस्यौदा पेस गर्नुभयो । समितिले चैत २४ देखि काम थालेर कार्यविधि बनाएर नियमावली मस्यौदा तयार गरेको हो । मस्यौदामा प्रतिनिधि सभाको बैठकको कार्यप्रणालीलाई व्यवस्थित बनाउन विभिन्न प्रावधान समेटिएका छन् । जसअनुसार बैठक कक्षभित्र फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न निषेध गर्ने व्यवस्था प्रश्ताव गरिएको छ ।  मन्त्रीहरूलाई बैठकमा अनिवार्य उपस्थित हुने प्रावधान राखिएको छ भने आकस्मिक, शून्य तथा विशेष समयमा उठाइएका विषयमा सात दिनभित्र अनिवार्य जवाफ दिनुपर्ने व्यवस्था पनि मस्यौदामा समावेश गरिएको छ ।

Leave a Reply

ताजा समाचार