रास्वपा अलोकतान्त्रिक र तानाशाह बन्दै गयोः सुदन किराँती | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८३, शुक्रबार

रास्वपा अलोकतान्त्रिक र तानाशाह बन्दै गयोः सुदन किराँती

काठमाडौं ।

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी अलोकतान्त्रिक र तानाशाह बन्दै गएको टिप्पणी गर्नुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच हर्कराज राई नेतृत्वको ‘श्रम संस्कृति पार्टी’ मा प्रवेश गर्दै किराँतीले यस्तो टिप्पणी गर्नुभएको हो । सरकारले न्यायालयमाथि हस्तक्षेप गरिरहेको आरोप लगाउनु भयो । उहाँले पार्टीहरू ‘धार्मिक संस्था’ जस्ता भएको र नेताहरूको ‘देवत्वकरण’ भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । मुलुकका पुराना राजनीतिक दलहरूमा तानाशाही प्रवृत्ति हावी भएको र विचौलियाको घेराबन्दीमा नेतृत्व फसेको आरोप लगाउनु भयो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नेता किराँतीले आफूले पुरानो दल (नेकपा माओवादी केन्द्र) त्याग्नुको मुख्य कारण आन्तरिक लोकतन्त्रको अभाव र नेतृत्वको कार्यशैली रहेको स्पष्ट पार्नुभयो । उहाँले पार्टीभित्र आफ्ना कुरा राख्न दुई मिनेटको समय समेत नदिइएको आरोप लगाउनु भयो । किराँतीले अबको राजनीतिक बाटो ‘प्रकृति, संस्कृति र प्रविधि’ को समायोजन हुनुपर्नेमा जोड दिनुभयो । पुँजीको विकास नगरी देश समृद्ध नहुने उल्लेख गर्दै उहाँले श्रम संस्कृति पार्टीले यही दर्शनलाई बोकेर अघि बढ्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार