कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको छुः मन्त्री किराँती | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोशी प्रदेशमा भइरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको छुः मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पहिचानको आन्दोलनमा जीवन गुमाउनुभएका पदम लिम्बूसहित अन्य आन्दोलनकर्ताहरुको बारेमा सरकारको ध्यानाकर्षण गराएको बताउनुभएको छ ।

मन्त्री किराँतीले मिस लम्बू २०७९ को उद्घाट गर्दै शनिवार काठमाडौं यस्तो बताउनुभएको हो । पर्यटनमन्त्री किराँतीले आफैँ सरकारमा रहेर सरकारलाई नै ध्यानाकर्षण गराएको अभिव्यक्ति दिनुभयो ।
उहाँले शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकमा आफूले सरकारलाई कोही प्रदेशमा चलिरहेको पहिचानको आन्दोलनबारे सरकारलाई गम्भीर बन्न आग्रह गरेको बताउनु भयो । मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहालले आन्दोलनका बारेमा आफू गम्भीर रहेको कुरा आफूलाई बताएको पनि मन्त्री किराँतीले स्पष्ट पार्नुभयो ।

मन्त्री किराँतीले एकल संस्कृति र एकल पहिचानले देश नबन्ने दाबी गर्नुभयो । उहाँले सबैको सौन्दर्य र पहिचानलाई पनि उत्तिकै मान्यता दिनुपर्ने बताउनु भयो । उहाँले अबको विकास प्रकृतिको सम्पदा र मानव सम्पदाको समायोजन नै आजको आर्थिक विकास र नेपाली पर्यटन भएको बताउनु भयो । यसले आर्थिक समृद्धि बनाउनुका साथै देश धनी बनाउने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);