श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा थापाथलीको सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८३, सोमबार

श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङद्वारा थापाथलीको सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीको स्थलगत निरीक्षण गर्नुभएको छ ।
सोमवार साम्पाङ नेतृत्वको टोलीले उक्त क्षेत्रको भ्रमण गरी त्यहाँको विद्यमान अवस्था, बस्ती व्यवस्थापन, पुनर्वास र क्षतिपूर्तिका विषयमा जानकारी लिएको हो । सरकारले केही समयअघि थापाथली क्षेत्रमा रहेका अनधिकृत संरचनाहरू हटाएपछि सिर्जित समस्या र विस्थापितहरूको अवस्था बुझ्न साम्पाङ त्यहाँ पुग्नुभएको हो । निरीक्षणका क्रममा उहाँले सरकारी कारबाहीबाट प्रभावित भएका स्थानीयहरूसँग संवाद गर्दै उनीहरूको पुनर्वास र उचित व्यवस्थापनको आवश्यकताका बारेमा चासो व्यक्त गर्नुभयो । अनधिकृत संरचना भत्काइएपछि सो क्षेत्रका बासिन्दाहरूले आवास र क्षतिपूर्तिको माग गर्दै आएका छन् । सोही सन्दर्भमा साम्पाङको टोलीले बस्तीको वस्तुस्थिति अध्ययन गरेको र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि कस्तो कदम चाल्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूको ध्यानाकर्षण गराएको छ । निरीक्षणका क्रममा अध्यक्ष साम्पाङले विकास र व्यवस्थापनका नाममा नागरिकलाई उठिबास लगाउँदा उनीहरूको उचित विकल्प र मानवीय पक्षलाई पनि ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो । सरकारले नदी किनारका अतिक्रमण हटाउने अभियानलाई तिब्रता दिइरहेका बेला श्रम संस्कृति पार्टीको यो निरीक्षणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

Leave a Reply

ताजा समाचार