प्रविधिमैत्री छैनन् सरकारी कर्मचारी, ३१ मन्त्रालयमध्ये १० मा पुरानै मन्त्रीको नाम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रविधिमैत्री छैनन् सरकारी कर्मचारी, ३१ मन्त्रालयमध्ये १० मा पुरानै मन्त्रीको नाम

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हाल्नुभएको २ दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन्।

प्रधानमन्त्री ओलीले शपथ ग्रहण गर्नुभएलगत्तै केही मन्त्रालयले आफ्नो विभागीय मन्त्रीको नाममा प्रधानमन्त्री ओलीको नाम र फोटो अपलोड गर्न भ्याइसकेका छन्। तर १० वटा मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्री र राज्य मन्त्रीको नाम राखिएका छन्। शुक्रबार दिउँसो सबै मन्त्रालयको वेबसाइट हेर्ने क्रममा प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये १० वटाले पुरानै मन्त्रीको नाम राखिराखेका छन्।

शिक्षा मन्त्रालयको वेबसाइटमा उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र राज्यमन्त्री शेषनाथ अधिकारीको नाम राखिएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालकाये वेबसाइटको हविगत त्यस्तै छ। सो मन्त्रालयको वेबसाइटमा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार र राज्यमन्त्रीमा जनकराज चौधरीको नाम राखिएको छ। आपूर्ति मन्त्रालयको वेबसाइट हेर्दा त्यहाँ पनि मन्त्री जयन्त चन्द र राज्यमन्त्री सुशीलकुमार श्रेष्ठको नाम राखिएको छ।

प्रम ओलीले तीन सदस्यीय मन्त्रीमण्डल गठन गरेलगत्तै जनसंख्या तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका लालबाबु पण्डितको तस्वीर अपलोाड गरिएको छ।

महिला तथा बालबालिका मन्त्रालयको बागडोर सम्हाल्नुभएकी थम माया थापाको नाममा सरकारी लोगो राखिएको छ। वेबसाइटमा रक्षामन्त्री भीमसेनदास प्रधान नै उल्लेख गरिएको छ। उद्योग मन्त्री सुनीलबहादुर थापा राखिएको छ भने स्वास्थ्य मन्त्रालयको वेबसाइटमा दीपक बोहराको नाम राखिएको छ।

त्यस्तै खानेपानी तथा सरसफाइ मन्त्रीमा महेन्द्र यादव र राज्यमन्त्रीमा अबदुल राजक गद्दीको नाम समावेश गरिएको छ। सबै मन्त्रालयको वेबसाइट हेर्दा कतिपयले विभागीय मन्त्रीमा प्रधानमन्त्री केपी ओलीको तस्वीर अपलोड गरिएको छ।

सिँचाइ मन्त्रालयको वेबसाइटमा विभागीय मन्त्रीको नाममा प्रधानमन्त्री केपी ओलीको तस्वीर अपलोड गर्न भ्याएका कर्मचारीले करिब ५ दिनअघि त्रिशूलीमा निधन हुनुभएका सिँचाइ सचिव रामानन्द यादवको तस्वीर हटाउन भ्याएका छैनन्।

कर्मचारीले कानुन न्याय तथा संसदीय मन्त्रालयको वेबसाइटमा यज्ञबहादुर थापा र राज्यमन्त्री दिलमाया पाख्रिनको नाम राखिएको छ। वन तथा भूसंरक्षणको वेबसाइटमा मन्त्री विक्रम पाण्डे र राज्यमन्त्रीमा कमलादेवी शर्माको नाम राखिएको छ। करिब डेढ दर्जन मन्त्रालयको वोबसाइटमध्ये अधिकांशमा विभागीय मन्त्रीका रूपमा प्रधानमन्त्री केपी ओलीको तस्वीर अपलोड गरिएको छ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);