सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गर्‍योः उपाध्यक्ष विष्णु पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८३, सोमबार

सरकारले लोकतान्त्रिक मूल्य र संविधानको उपहास गर्‍योः उपाध्यक्ष विष्णु पौडेल

काठमाडौं । 

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्य–मान्यता र संवैधानिक मार्गदर्शन विपरित रहेको बताउनुभएको छ ।सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै उहाँले एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको हो । बुधवार २७ औं यदु स्मृति दिवस तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष पौडेलले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि सरकारले प्रहार गरिरहेको आरोप लगाउनु भयो ।

सरकारले जनसरोकारका विषयहरूलाई नजरअन्दाज गरेको र जनताका समस्याप्रति चरम लापरवाही देखाएको उहाँको तर्क छ । सरकार सञ्चालनका क्रममा दुईवटा खम्बा—संविधान र लोकतान्त्रिक मूल्यलाई बिर्सन नहुनेमा जोड दिनुभयो । पछिल्लो समय सरकारले संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै उहाँले ‘अध्यादेशको सिलसिला’ शुरु भएकोमा समेत आपत्ति प्रकट गर्नुभयो ।

Leave a Reply