मुलुक तानाशाहीतर्फ उन्मुख, अधिकार खोसेर जनता कमजोर बनाइयोः महन्थ ठाकुर | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

मुलुक तानाशाहीतर्फ उन्मुख, अधिकार खोसेर जनता कमजोर बनाइयोः महन्थ ठाकुर

काठमाडौ । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै मुलुक फेरि तानाशाहीतर्फ अगाडि बढिरहेको आशंका व्यक्त गर्नुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो आशंका गर्नुभएको हो । जनसंख्याको आधारमा अथवा राजश्वको अनुपातमा केन्द्रबाट क्षेत्रले पाउनुपर्ने बजेट थोरै भएको भन्दै ठाकुरले चिन्ता व्यक्त गर्नुभयो । प्रजातन्त्र आउनुभन्दा पहिले पनि केही मात्रामा स्वतन्त्रताको अनुभूति हुने थलोका रूपमा चिनिने ट्रेड युनियन, स्कुल–कलेजहरू र अदालतको कम्पाउण्डलाई अहिले ब्यान गरिएकोमा उहाँले आपत्ति जनाउनु भयो । उहाँले जनताको अधिकार खोसिँदा राष्ट्र नै कमजोर हुने तर्क गर्नुभयो ।

इतिहास नष्ट गरेर कुनैपनि पुस्ता अगाडि बढ्न नसक्ने उनको जिकिर छ । मधेसको समस्या काठमाडौं आउनु पर्दैन भन्ने प्रधानमन्त्रीको आश्वासनका बावजुद अहिले मधेसमा फेरि आवाज उठ्न थालेको उहाँले बताउनु भयो । प्रधानमन्त्री र मन्त्रीहरू भेट्न समय नपाउने गरी व्यस्त देखिएको तर जनताको समस्या समाधानमा गम्भीर नभएको उहाँको आरोप छ । सांसद विकास कोष (क्षेत्र विकास कार्यक्रम) हटाइएकोमा ध्यानाकर्षण गराउँदै उहाँले ‘मिडियाले सांसदको काम विकास गर्ने होइन भन्ने तर जिल्ला जाँदा जनताले के ल्याउनुभयो भनी सोध्ने गरेको बताउनु भयो । उहाँले बजेट विनियोजनको तरिकामा सुधार हुनुपर्ने र क्षेत्र विकासको बजेट पुनः सुचारु हुनुपर्ने माग गर्नुभयो ।

Leave a Reply