मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले सरकारमा सहभागी नभएको प्रचण्डको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले सरकारमा सहभागी नभएको प्रचण्डको स्पष्टोक्ति

काठमाडौं, ४ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयको भागबण्डा टुंगो नलागेकाले बिहीबार आफ्नो पार्टी सरकारमा सहभागी हुन नसकेको स्पष्टिकरण दिएका छन् ।

अध्यक्ष दाहालले एमालेसँग पार्टी एकता र मन्त्रालय बाँडफाँड लगायतका विषयमा टुंगो लाग्ने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने स्पष्ट पारेका छन् ।

एकीकृत अखिल नेपाल शिक्षक संगठनको पाँचौं राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौंमा उदघाटन गर्दै उनले सरकारमा सहभागी हुनु अघि नै राष्ट्रपतिदेखि सभामुखसम्म र अन्य राजनीतिक नियुक्तिका विषय टुंगो लगाउन एमालेसँग सकारात्मक छलफल भईरहेको र शनिवारसम्म टुंगो लागिसक्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष दाहालले मुलुकमा आमूल सुधार हुनेगरी शिक्षा क्षेत्रको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);