ओलीलाई पहिलो शुभकामना बंगलादेशबाट | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

ओलीलाई पहिलो शुभकामना बंगलादेशबाट

काठमाडौं,४ फागुन । शुभकामना दिने बंगलादेश पहिलो राष्ट्र, भ्रमणको निम्तो ,भारतीय र चिनियाँ राजदूतले राष्ट्रपतिनिवासमा आयोजित शपथग्रहणमै दिए बधाई, अमेरिकी राजदूतले ट्विटरबाट दिए शुभकामना

राष्ट्रिय सभाका तीन सांसद
देउवाले नियुक्त गरेका राष्ट्रिय सभाका तीन सदस्य लगभग अमान्य, राष्ट्रपतिले स्वीकृत गरेकी छैनन्, ओली नेतृत्वको नयाँ सरकारले नयाँ नाम पठाउने सम्भावना

एकता टुंगिएपछि मात्र माओवादी सरकारमा

पार्टी एकता टुंगिएपछि मात्र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्रीमा दाबीपत्र प्रस्तुत गर्नुअघि बिहीबार बिहान सिंहदरबारमा भएको छलफलमा ओलीले एमाले र माओवादी केन्द्रबाट २–२ जनालाई सहभागी गराएर मन्त्रिपरिषद् गठन गर्ने भन्दै नाम दिन आग्रह गरेका थिए । तर, प्रचण्डले पार्टीमा छलफल बाँकी नै रहेकाले एकता टुंगिएपछि मात्र पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीको नाम दिने जवाफ दिएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डले बुधबार बिहान एमालेले जनताको बहुदलीय जनवादलाई एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त बनाउनुपर्ने अडान राखेका कारण सहमतिलाई लिपिबद्ध गर्न नसकेको सचिवालय सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका थिए । उनले यो विषय एकताको महाधिवेशनसम्म थाती राख्न तयार हुनेबित्तिकै सहमति हुने र त्यसपछि पार्टी सरकारमा सामेल हुने बताएका थिए ।, आजको नयाँ पत्रिकामा खवर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);