सहकारी बचतकर्ताको पैसा फिर्ता गराउन छलफलमा जुट्याे सहकारी मन्त्रालय | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८२, बिहीबार

सहकारी बचतकर्ताको पैसा फिर्ता गराउन छलफलमा जुट्याे सहकारी मन्त्रालय

काठमाडाैं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल  समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन घनिभुत छलफलमा जुटेको बताउनुभएको छ ।

६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  सुशासनको कमीदेखि पारदर्शीताको अभावका कारण सहकारीमा समस्या आएको बताउँदै भुजेलले अहिले ती सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गराउनेबारे मन्त्रालयले छलफल अघि बढाएको बताउनुभयो । सहकारीको मूल्यमान्यता अनुसार चल्नुपर्नेमा केही सहकारीमा विचलन आएको सचिव भुजेलले बताउनुभयो ।

सचिव भुजेलले सहकारी क्षेत्रको प्रवर्द्धन तथा हाल देखिएका समस्याहरू समाधान गर्न सरोकारवालासँग समन्वय र छलफललाई सुदृढ गर्दै परिणाममुखी ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सहकारी क्षेत्रलाई थप व्यवस्थित र विश्वासिलो बनाउन आवश्यक पहलहरू मन्त्रालयले अघि बढाउने बताउनुभयो ।

Leave a Reply