प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी माेदीकाे बधाई | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८२, शुक्रबार

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी माेदीकाे बधाई

काठमाडाैं । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिएका छन् ।

प्रधानमन्त्री शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत् बधाई दिँदै सफल कार्यकालको कामना गरेका हुन् ।

प्रधानमन्त्री मोदीले आफ्नो सन्देशमा शाहको नियुक्तिले नेपाली जनताले उनकाे नेतृत्वप्रति राखेको गहिरो विश्वास र भरोसालाई प्रतिविम्बित गरेको उल्लेख गरेका छन् । नेपाल र भारतबीचको सदियौँ पुरानो विशिष्ट सम्बन्धलाई थप उचाइमा पुर्‍याउन आफू तत्पर रहेको समेत मोदीले उल्लेख गरेका छन्।

मोदीले लेखेका छन्, ‘नेपालको प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएकोमा बालेन्द्र शाहजीलाई हार्दिक बधाई ज्ञापन गर्दछु । म तपाईंसँग निकट रहेर काम गर्न र दुई देशका जनताको आपसी हितका लागि नेपाल–भारत मैत्री तथा सहयोगलाई अझ नयाँ उचाइमा पुर्‍याउन उत्सुक छु ।’

Leave a Reply