सुडानका लागि संयुक्त राष्ट्रसंघीय दुतद्वारा वार्ता र युद्धविरामका लागि आह्वान | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

सुडानका लागि संयुक्त राष्ट्रसंघीय दुतद्वारा वार्ता र युद्धविरामका लागि आह्वान

एजेन्सी । सुडानका लागि संयुक्त राष्ट्रसंघका महासचिवका व्यक्तिगत दुत पेक्का हाभिस्टोले सुडानका द्वन्द्वरत पक्षहरूलाई वार्ता र तनाव कम गर्ने प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ ।

उहाँले यो कदमलाई व्यापक युद्धविराम प्राप्त गर्नका लागि अनिवार्य खुड्किलोको रूपमा वर्णन गर्नुभएको छ । संयुक्त राष्ट्रसंघ सुडानमा जारी लडाइँ अन्त्य गर्न र एक समावेशी एवं वास्तविक संवादमार्फत स्थायी शान्तिको बाटो तय गर्न सबै सरोकारवालाहरूसँग पूर्ण रूपमा संलग्न रहेको बताउनु भयो ।

यो द्वन्द्वले सुडानलाई ठूलो मानवीय संकटमा धकेलेको छ ।

Leave a Reply