ढुकुटीको साँचो बोक्नेहरूले भ्रष्टाचार गर्नु महापाप : सभापति थापा | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

ढुकुटीको साँचो बोक्नेहरूले भ्रष्टाचार गर्नु महापाप : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ का घटनाहरूलाई नागरिकहरूको वर्षौंदेखिको हैरानी र असन्तुष्टिको परिणाम भएको बताउनुभएको छ । सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै थापाले ती घटनाहरूलाई केवल सुरक्षाको दृष्टिकोणबाट मात्र नहेरी त्यसको गहिराइ बुझ्न आवश्यक रहेकोमा जोड दिनुभएको हो ।

नागरिकको ‘हैरानी’ र नेताको गैरजिम्मेवारी
नागरिकले दैनिक जीवनमा खेप्नुपरेका सास्तीका बारेमा बोल्दै थापाले पासपोर्टको लाइन, लाइसेन्सको झन्झट, मलको अभाव र शिक्षित युवाहरूको बेरोजगारीले जनतालाई दिग्दार बनाएको उल्लेख गर्नुभयो ।

राजनीतिक ‘नजरिया’ र दुई घातक प्रवृत्ति
थापाले हालको राजनीतिमा दुई थरी घातक प्रवृत्ति देखिएको विश्लेषण गर्नुभयो । पहिलो, ‘सबै ठीकठाक छ, यो सबै षड्यन्त्र मात्र हो’ भन्ने सत्तारुढ मानसिकता र दोस्रो, ‘आगोमा घिउ थपेर आफ्नो राजनीतिक झन्डा उठाउने’ अवसरवादी प्रवृत्ति रहेको बताउनुभयो ।

सुशासनको संकल्प र भ्रष्टाचार विरुद्धको युद्ध
भ्रष्टाचारलाई ‘नेपालको महारोग’ को संज्ञा दिँदै थापाले यसको अन्त्य माथिबाटै शुरु हुनुपर्ने बताउनु भयो । उहाँले मन्दिरको पुजारीले माला चोरे जस्तो देशको ढुकुटीको साँचो बोक्नेहरूले भ्रष्टाचार गर्नु महापाप भएको उल्लेख गर्नुभयो ।

मधेसको मुद्दा र राष्ट्रिय राजनीति
मधेसको मुद्दा उठाउने अन्य दलहरूलाई लक्षित गर्दै थापाले मधेसको अधिकार र दुःख काठमाडौंको सत्ता र प्रशासनलाई बुझाउने काम आफू र काँग्रेसले गर्ने बताउनु भयो । सर्लाही ४ बाट चुनाव लड्न आउनुको उद्देश्य नै मधेसलाई नबुझी देशको नेतृत्व गर्न सकिँदैन भन्ने आत्मबोध भएको उहाँको भनाइ थियो ।

Leave a Reply