काठमाडाैं । नेपाली काँग्रेसले निर्वाचनपूर्व कुनैपनि दलसँग गठबन्धन नगर्ने स्पष्ट गरेको छ । नेपाली काँग्रेस केन्द्रिय प्रचारप्रसार समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको र सबै १६५ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम रहेको जानकारी दिनुभयो ।
उहाँले नेपाली काँग्रेस पूर्ण रूपमा चुनावी प्रक्रियामा केन्द्रित रहेको बताउनुभयो । उहाँले संसद पुनःस्थापना लगायतका विषयमा चलेका हल्लाहरुको विषयमा काँग्रेसको कुनै टीप्पणी भएको बताउनुभयो । निर्वाचनबाट ध्यान मोड्न त्यस्ता प्रयास भएको उहाँको भनाई छ । उहाँले निर्वाचन अवधिभर कुनै पनि किसिमको गठबन्धन नहुने र काँग्रेस आफ्नै बलमा चुनाव लड्ने दोहो¥याउनुभयो ।
उहाँले स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा मतदान तथा प्रचार–प्रसार गर्न पाउनु नागरिक र राजनीतिक दलको अधिकार भएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले निर्वाचनमा मतदान गर्दा विगतको ईतिहास र भविष्य निर्माण गर्न सक्ने पार्टी र उम्मेद्वारलाई गर्न पनि आग्रह गर्नुभयो ।





