काठमाडाैं । नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले भरपर्दो मानिस र पार्टीलाई देश सुम्पिन नसके प्रयोगशाला बन्ने निश्चित रहेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टी कहिल्यै पुरानो नहुने बताउनुभयो ।
अहिले नेपाली काँग्रेस नयाँ अनुहार, नयाँ सिद्धान्त र नीति बोकेर अघि बढिरहेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ वटामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको पनि बताउनुभयो । उहाँले अहिले भरपर्दो भविष्य हेर्ने बेला भएकाले कोही पनि उत्तेजनामा नआउन आग्रह गर्नुभयो । देश तरकारी चाखेको जस्तो नभएको भन्दै भरपर्दो पार्टीलाई सुम्पिनुपर्ने बताउनुभयो । कुनै कुरा मन परेन भन्दैमा आफ्नो भविष्य खाल्डोमा हाल्न नहुने बताउनुभयो ।
प्रवक्ता चालिसेले अहिले हरेक नागरिकले देशप्रति माया गर्ने बेला भएको बताउनुभयो । विवेक र संयमले निर्णय गर्ने बेला आज रहेको बताउनुभयो । जनतालाई मालिक बनाउने प्रणाली स्थापित गरेर काँग्रेस अघि बढ्ने बताउनुभयो ।





