सडक पेटीमा राखिएको खानातर्फ सर्वसाधारणको आकर्षण बढ्दो | ईमाउण्टेन समाचार

Our Network

माघ ६ २०८१, आइतबार

सडक पेटीमा राखिएको खानातर्फ सर्वसाधारणको आकर्षण बढ्दो

अन्जना तिमलसिना

काठमाडौं, २९ माघ । सडक पेटीमा राखिएको खानातर्फ सर्वसाधारणको आकर्षण बढिरहेको छ । सस्तो र जिब्रोको लागि मिठो हुने भएकाले सडक पेटीमा राखिएको खानातर्फ सर्वसाधरणको आकर्षण बढेको हो । तर जथाभावि राखिएको खानेकुराले मानव स्वथ्यमा असर परिरहेको स्वास्थ्यकर्मी बताउँछन ।

काठमाडौंका मुख्य चोकहरुमा म:म:, ससेज, पानीपुरी, चटपटे जस्ता खानेकुरा ठेलगाढामा बेच्न राखिएको प्रसस्तै भेटिन्छ । सडक पेटीमा राखिएको खाने कुरा खानेको आकर्षण पनि बढ्दो छ । सस्तो र जिब्रोको लागि पनि चट्ट हुने भएकाले यस्ता खानतर्फ दिनप्रतिदिन मानिसको आकर्षण बढेको हो । व्यवायासीले पनि थोरै लगानीमा राम्रो आम्दानी गर्न सफल भएका छन् । तर उचीत ठाउँको अभावमा सडक पेटीमा राख्न बाध्य भएको व्यवसायीको गुनासो छ ।

काठमाडाैँ धुलो धुँवाले, धुलोमाण्डुमा परिणत भएको छ । यस्तो अबस्थामा सडक पेटीमा राखिएका खानेकुरा कतिको स्वस्थकर होला ? यसतर्फ न त सम्बन्धित निकायले अनुगमन नै गरेको छ, न त सर्वसाधरण नै सजग छन् ।

खुल्ला सडकमा राखिएको खानेकुरा जति लोकप्रिय छ त्यो भन्दा बढि मानव स्वास्थमा असर गरिरहेको छ । जथाभावि राखिएको खानेकुरा खाँदा बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको चिकित्सक बताउँछन् ।

थोरै लगानीमा व्यवसायीले आफ्नो गुजरा त चलाई रहेका छन् । तर त्यसको उपहार सर्वसाधारले रोग पाईरहेका छन् । यसतर्फ अनुगमन र नियमन गर्ने निकाय मौन बसिरहेको छ । मानव स्वास्थ्यलाई असर गरिरहेको फुटपात व्यवसायलाई व्यवस्थित गर्नु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);