आज श्रीपञ्चमी पर्व देशभर मनाइँदै (फाेटाेफिचर) | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०८२, सोमबार

आज श्रीपञ्चमी पर्व देशभर मनाइँदै (फाेटाेफिचर)

काठमाडाैं । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त पञ्चमीका नामले पनि प्रसिद्ध यो पर्वमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास रहेको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । काठमाडौंको स्वयम्भू, ललितपुरको लेले सरस्वती कुण्ड, थिमीको सरस्वती मन्दिरलगायत स्थानमा बिहानैदेखि पूजा र दर्शनका लागि श्रद्धालुहरूको भीड लागेको छ ।

विद्यार्थीहरूले विशेष रूपमा पुस्तक, कलम र वाद्ययन्त्रहरूमा पूजा गरी सरस्वती देवीको आशीर्वाद लिने प्रचलन छ । यसैगरी, आजै बालबालिकाहरूको अक्षरारम्भ (विद्यारम्भ) गराउने र नाक–कान छेडाउने चलन पनि कायम छ । मिथिला क्षेत्रमा भने श्रीपञ्चमीलाई कृषि नववर्षको रूपमा समेत उत्सवका साथ मनाइन्छ । हनुमानढोका दरबारको नासलचोकमा परम्परागत वसन्त श्रवण कार्यक्रम पनि आज आयोजना हुँदैछ । वसन्त ऋतुको शुरुवातसँग जोडिएको यो पर्वले प्रकृतिमा नयाँ ऊर्जा र हरियालीको सन्देश बोकेको छ ।

 

Leave a Reply