एमाले-माओवादी एकता राँटा मिलाउने चरणमा : पोखरेल | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

एमाले-माओवादी एकता राँटा मिलाउने चरणमा : पोखरेल

काठमाडाैं, २९ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी केन्द्रसँगको पार्टी एकता छिट्टै निष्कर्षमा पुग्ने दावी गरेका छन् । महासचिव पोखरेलले दुई पार्टीबीचको एकता विचार र संगठनात्मक क्षेत्रमा देखिएका राँटा मिलाउने चरणमा पुगेको स्पष्ट पारे ।

पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका उनले २ पार्टीबीच चुनावी तालमेल सफलतापूर्वक सम्पन्न भएको स्मरण गराउँदै अव विचार र संगठनको क्षेत्रमा पनि समान धारणा तय गर्ने काम भईरहेको बताए ।

नेपाल निर्माण उद्योग परिषदको दोस्रो राष्ट्रिय अधिवेशनलाई सोमबार काठमाडौंमा उदघाटन गर्दै महासचिव पोखरेलले ४ हजार केन्द्रिय सदस्य रहेको माओवाद्री केन्द्र र २ सय केन्द्रिय सदस्य भएको एमालेबीचको संगठनात्मक संरचनालाई एकतावद्ध बनाउन केही ढिलाई हुनुलाई अन्यथा लिन नहुने पनि बताए।

पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने विवाद औचित्यहिन

महासचिव पोखरेलले पार्टी एकता पहिले कि सरकार गठन पहिले भन्ने विवाद औचित्यहिन भएको टिप्पणी गरे । उनले सरकार गठन संविधान र कानुन अनुसार संसदले गर्ने भएकाले त्यसैमा जोडेर पार्टी एकताको विषयलाई हेर्न नमिल्ने तर्क गरेका छन् । महासचिव पोखरेलले बामपन्थी गठनबन्धन नेतृत्वमा बन्ने नयाँ सरकारले जनताको चाहना अनुसार काम गर्ने आश्वासन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);