चियाको उत्पादन, प्रशोधन र बजारीकरणलाई वृद्धि गर्ने उद्देश्यका साथ गणना कार्यक्रम सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चियाको उत्पादन, प्रशोधन र बजारीकरणलाई वृद्धि गर्ने उद्देश्यका साथ गणना कार्यक्रम सुरु

tea garden illam

काठमाडौं, २९ माघ । सरकारले चियाको उत्पादन, प्रशोधन र बजारीकरण गर्ने उद्देश्यका साथ चिया गणना कार्यक्रम २०७४ सञ्चालनमा ल्याएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले केन्द्रीय तथ्यांक विभागको सहयोगमा चिया गणना कार्यक्रम सुरु गरेको हो ।

४० जना चियाका गणकहरुलाई नियुक्ति गरेर देशभर चिया गणना कार्यक्रम सञ्चालन गरिएको बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले जानकारी दिए ।गणकहरुले चियाको उत्पादन र त्यसले दिएको रोजगारीलगायतका तथ्यांक संकलन गर्ने छन । विश्व बजारमा नेपाली चियाको माग बढदै गएकाले सोही मागलाई धान्ने गरी उत्पादन बढाउन पनि चिया गणना कार्यक्रम सहयोगी हुने बोर्डको भनाइ छ ।

नेपालका वार्षिक ५० लाख किलो चिया उत्पादन हुने गरेको छ । जसमध्ये ९० प्रतिशत भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्यात हुने गरेको चिया तथा कफी विकास बोर्डको तथ्यांक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);