काठमाडौं, २९ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सुशासन, स्थायित्व र विकासका लागि एमालेसँग एकता जरुरी रहेको बताएका छन । ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)ले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष दाहालले जनताको समृद्धिको चाहना पूरा गर्न एकता आवश्यक रहेको बताए ।
उनले मुलुकको समृद्धिका लागि राजनीतिक विचारधारा अलग अलग भएपनि दलहरुले आपसमा मिलेर काम गर्नुपर्ने बताए । उनले अब बन्ने सरकारले नीतिगत सुधार र पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएर काम गर्ने बताए ।