माघ ४ गतेदेखि एमाले निर्वाचनमा हाेमिने, काठमाडाैंमा विशेष प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असोज २५ २०८३, सोमबार

माघ ४ गतेदेखि एमाले निर्वाचनमा हाेमिने, काठमाडाैंमा विशेष प्रदर्शन

काठमाडाैं । नेकपा (एमाले) माघ ४ गतेदेखि औपचारिक रुपमा निर्वाचनमा होमिने भएको छ ।  पार्टी सचिव महेश बस्नेतले बिहीवार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिएको सन्देश दिने जानकारी गराउनुभयो ।

उहाँले एमाले निर्वाचनमा नजाने कहिल्यै नभनेको जिकिर गर्दै निर्वाचनमैत्री वातावरण मुख्य प्रश्न रहेको बताउनुभयो । उहाँले अझैपनि जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार तथा भागेका कैदीहरु फिर्ता गर्न नसकिएको उल्लेख गर्नुभयो ।

उहाँले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउने गतिवधिमा संलग्न रहेको आरोप पनि लगाउनुभयो । लामिछानेलाई सम्पती शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गर्नुभयाे।

उहाँले काँग्रेस–एमालेलाई कमजोर बनाउन लागिरहेको सरकारका मन्त्रीहरुको चालामाला ठिक नभएको उहाँको जिकिर छ ।

Leave a Reply

ताजा समाचार