निर्वाचन परिचालन समिति निर्माण गर्ने गगन नेतृत्व कांग्रेसकाे निर्णय | ईमाउण्टेन समाचार

Our Network

असोज २६ २०८३, मंगलबार

निर्वाचन परिचालन समिति निर्माण गर्ने गगन नेतृत्व कांग्रेसकाे निर्णय

काठमाडाैं । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसले पार्टीको घोषणा पत्र निर्माणका लागि थापाको नेतृत्वमा घोषणा पत्र निर्माण समिति बनाएको छ । ललितपुरस्थित एक होटलमा बसेको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुलाई बैठकका निर्णय सुनाउनु हुँदै थापा नेतृत्वको काँग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको घोषणा पत्र निर्माणका लागि पार्टी सभापतिको अध्यक्षतामा पार्टीको घोषणा पत्र निर्माण समिति निर्माण गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले निर्वाचनलाई केन्द्रित गरेर देशभरका पार्टी पंक्तिलाई सक्रियतापूर्वक परिचालन गर्न, निर्वाचन परिचालन समिति निर्माण गर्ने निर्णय गरिएको छ । निर्वाचन परिचालन समितिको नेतृत्व उपसभापति विश्वप्रकाश शर्मालाई दिइएको छ ।

पार्टीको दोस्रो विशेष महाधिवेशनपछि विगतको अभिलेखलाई आवधिक गर्ने कामका लागि पनि तयारी भइरहेको बताउनुभयो । साथै समानुपातिक सूची संशोधन र अपडेट गर्ने निर्णय भएको पनि बताउनुभयो । बैठकले विशेष महाधिवेशनमा आएका कार्यकर्तालाई धन्यवादसमेत व्यक्त गरेको छ ।

Leave a Reply

ताजा समाचार