विशेष महाधिवेशनबाट शेखर कोईराला सभापति बन्न सक्नुहुन्छ : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १० २०८३, मंगलबार

विशेष महाधिवेशनबाट शेखर कोईराला सभापति बन्न सक्नुहुन्छ : गगन थापा

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पार्नुभएको छ । बुद्धिजीविहरुसँगको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।

उहाँले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको बताउनुभयो ।

उहाँले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोईराला वा अन्य कोही पनि नेताहरु सभापति बन्नसक्ने बताउनुभयो । उहाँले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरुको एकमात्र चाहना रहेको जिकिर गर्नुभयो ।

महामन्त्री थापाले नेपालको ठूलो पार्टीलाई बनाउँ भन्ने मात्रै आफूहरुको चाहना रहेको बताउनुभयो । संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी आफूहरु अघि बढ्न चाहेको बताउनुभयो ।

Leave a Reply

ताजा समाचार