काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पार्नुभएको छ । बुद्धिजीविहरुसँगको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।
उहाँले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको बताउनुभयो ।
उहाँले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोईराला वा अन्य कोही पनि नेताहरु सभापति बन्नसक्ने बताउनुभयो । उहाँले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरुको एकमात्र चाहना रहेको जिकिर गर्नुभयो ।
महामन्त्री थापाले नेपालको ठूलो पार्टीलाई बनाउँ भन्ने मात्रै आफूहरुको चाहना रहेको बताउनुभयो । संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी आफूहरु अघि बढ्न चाहेको बताउनुभयो ।





