‘कांग्रेस भेला : पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न नदिने’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

‘कांग्रेस भेला : पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न नदिने’

कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन

काठमाडौं, २४ असार । संसद्को सबैभन्दा ठूलो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा नीति नेतृत्व र कार्यक्रम बदल्नुपर्ने आवाज गुञ्जिएको छ । जिल्ला सभापतिहरूको भेलामा नेताहरूले पार्टीको अवस्था बिग्रिएको भन्दै नेतृत्व सच्चिएर युवा पुस्तालाई आकर्षण गर्ने नीति, नेतृत्व र कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् ।

जिल्ला सभापतिहरूको भेलालगत्तै पार्टी महामन्त्री गगन थापाले जिल्लाकै नेताहरूको सुझावलाई मनन गर्दै पार्टीमा नेतृत्व परिवर्तन गरी नयाँ नीति कार्यक्रम ल्याउनुको विकल्प नरहेको बताउनुभयो । अन्य दलहरूले मिसन २०८४ को एजेन्डा बोकेर हिँड्दै गर्दा नेपाली कांग्रेसले मिसन २०८०/०८१ को तयारी गर्नुपर्ने बताउनुभयो । आगामी सरकारको नेतृत्व गर्दा पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक लगाउने अभियानमा चलाउँदै आएका थापाले पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न नदिने बताउनुभएको छ ।

कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रले आयोजना गरेको भेलामा नयाँ दलहरू कांग्रेसका लागि चुनौती बनेर आएको बताएका थिए । नेपालमा एक वर्षअघि मात्रै खुलेको रास्वपाले राजनीतिमा निकै फड्को मारेको भन्दै कांग्रेस नेताहरूले त्यसलाई चिरेर जान कांग्रेसले नीतिसहित नेतृत्वमा परिवर्तन हुनु जरुरी रहेको बताए । सभापतिहरूले नयाँ खुलेका पार्टीमा प्रवेश गर्ने लहर चलेको भन्दै गाउँमा कांग्रेसप्रति आकर्षण कम हुँदै गएको बताएका थिए । गाउँगाउँमा युवा पुस्ताको आकर्षण बढाउन कांग्रेस ‘रूपान्तरण’ नभए आगामी निर्वाचनमा पार्टी संकटमा पर्ने उनीहरूको चिन्ता छ ।

सभापतिहरूको भेलामा कांग्रेसको अघिल्तिर देखिएका अनेकन चुनौतीलाई चिर्दै पार्टीलाई नयाँ शिराबाट कसरी अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल भएको पाँचथरका सभापति रुपनारायण जबेगुले बताउनुभयो । ‘हामी ६६ भन्दा बढी जिल्लाका साथीहरू भेला भएका थियौं’, जगेबुले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टीलाई कसरी सुधार गरेर लाने भन्ने सबै सभापतिको चिन्ता थियो । पार्टीमा रुपान्तरण र युवा आकर्षण गर्ने एजेन्डा बनाएर केन्द्रीय नेतृत्वले लागू गर्नुपर्ने र पार्टीमा नेताहरू सच्चिनुपर्ने विषयले प्राथमिकता पायो । यसका साथै क्रियाशील सदस्य नवीकरण तथा वितरण अनलाइन प्रणालीमार्फत व्यवस्थित बनाउने कुरामा प्रशिक्षण भयो ।’ पार्टी महामन्त्रीहरूमार्फत केन्द्रीय नेतृत्वको ध्यानाकर्षण हुने गरी छलफल भएको उहाँले बताउनुभयो ।

निर्वाचन अघि भएको गठबन्धनका कारणण पार्टीमा आएको उतार चढाव, पार्टी संगठनमा देखिएको असन्तुष्टि, कार्यकर्तातहमा देखिएको नैराश्यता र पार्टी परिवर्तनलगायतका विषयमा समेत खुलेर छलफल भएको नेताहरूले बताएका छन् । कांग्रेस सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले अधिकांश जिल्ला सभापतिहरूले पार्टीलाई पुनर्जागरण गर्नुपर्ने खाँचो औंल्याउँदै त्यसका लागि ठोस र फरक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको बताउनुभयो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भएको भेलामा सभापतिहरूले पार्टी रूपान्तरणको विषयबारे प्रश्न गरेका थिए । दुई दिनसम्म भेला चल्दा पनि पार्टी सभापति शेरबहादुर देउवा अनुपस्थित भएको भन्दै जिल्ला सभापतिहरूले असन्तुष्टि व्यक्त गरेका थिए।

पार्टीको रूपन्देही जिल्ला सभापति रामकृष्ण खाँणले जिल्ला सभापतिहरू उपस्थित भेलामा पार्टी सभापति नआउनुको कारण बारेमा जिज्ञासा राख्नुभएको थियो । जिल्ला सभापतिहरूलाई बोलाएर केन्द्रीय नेतृत्व नआएको सभापतिहरूको असन्तुष्टिलाई महामन्त्री थापा र शर्माले मेट्ने प्रयार गरे पनि उनीहरू नेतृत्वलाई नै अघि केही आन्तरिक विषय राख्न चाहेको सभापतिहरूको भनाइ छ । भेलाका सन्दर्भमा महामन्त्री र सभापतिबीच सल्लाह नभएको हो कि भन्ने प्रश्नहरूसमेत उठेका थिए । यद्यपि, महामन्त्री गगन थापाले पार्टी कार्यालयमै भएको जिल्ला सभापतिहरूको भेलामा केन्द्रीय सभापतिलाई जानकारी नहुने कुरा नभएको बताउनुभयो । खोटाङका सभापति विष्णु राईले पार्टी सभापतिको अनुपस्थितिले जिल्ला सभापतिहरूप्रतिको बेवास्ता जस्तो देखिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘६६ जिल्लाका सभापति र प्रतिनिधिहरू भेला भएको ठाउँमा केन्द्रीय सभापति नआउनु त्यति राम्रो त भएन यद्यपि महामन्त्रीहरूकै अधिकार भएकाले पनि उहाँहरूले बोलाएको भेलामा सभापतिले आउनु आवश्यक नठानेको पनि हुन सक्छ । जिल्ला सभापतिहरूको उक्त भेलाले जिल्ला र केन्द्रबीचको खाडललाई पुर्न सहयोग पुगेको अनुभूति गरेका छौं ।’

गठबन्धनका कारण पार्टीमा आएको उतार चढाव, पार्टी संगठनमा देखिएको असन्तुष्टि, कार्यकर्तातहरूमा आएको नैराश्यता र पार्टी परिवर्तन समेतको विषयलाई गहन रूपमा भेलामा छलफल भएको उहाँले बताउनुभयो । पार्टीलाई यथास्थितिमै चलाई राखौं भन्ने नेतृत्वको सोचका कारण कतिपय समस्याहरू कायमै रहे पनि पार्टीलाई रूपान्तरण र पुनर्जागरण गराउने कुरामा युवा नेताहरू लगेको उहाँको भनाइ छ ।

सभापति शेरबहादुर देउवाको अनुपस्थितिको विषयमा जिल्ला सभापतिहरूले प्रश्न उठाएपछि महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापतिसँगको सल्लाहमै जिल्ला सभापतिको भेला बोलाइएको जानकारी दिनुभयो । ‘यसपटक सभापतिहरूको भेला केन्द्रीय कार्यालयमा भइरहेको छ र पार्टीको क्रियाशील सदस्यहरूलाई कसरी व्यवस्थित बनाउने, सबै तहको सम्मेलनहरू गरेर जाने भन्ने विषयमा कुरा भएको छ । यसमा कसैले पनि आशंका नगरौं’ –महामन्त्री शर्माले भन्नुभएको थियो । भेलामा सहभागी ६६ मध्ये ४२ जिल्ला सभापति, २२ उपसभापति÷सचिव, शरीर उपस्थित थिए भने १८ जिल्ला सभापतिहरू जुममार्फत भेलामा जोडिएका थिए । पार्टीको १४औं महाधिवेशनपछि कांग्रेसले जिल्ला सभापतिहरूलाई प्रशिक्षण भेला पहिलोपटक बोलाएको हो । पार्टीले गत एक वर्षदेखि केन्द्रीय समितिको बैठकसमेत नबोलाएको अवस्थामा महामन्त्रीहरूले जिल्ला सभापतिहरूको भेला बोलाएर पार्टीको देशभरको अवस्था बुझ्ने कोसी गरेको बताएका छन् ।

‘पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न नदिने’

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न नदिने बताउनुभयो । आगामी सरकारको नेतृत्व गर्दा पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक लगाउने उहाँको उद्घोष छ ।

महामन्त्री थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको भन्दै आफू पुनः कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र नसके आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने बताउनुभयो ।

नेपालमा अर्को प्रधानमन्त्री को बन्दै छ भन्ने कुरा सबै नेपालीलाई पहिला नै थाहा हुने भइसकेको भन्दै उहाँले अब पूर्वप्रधानमन्त्री पुनः प्रधानमन्त्री बन्ने कुरा रोक्न सक्नुपर्ने जिकिर गर्नुभयो । ‘नेपालमा यो पछि अर्को प्रधानमन्त्री को बन्दै छ भन्ने कुरा एउटा मानिसले सहजै पत्ता लगाउन सक्छ किनभने यो पार्टीबाट को बन्दै छ भन्ने कुरा पहिल्यै थाहा छ । यो नभए यो भूतपूर्व प्रधानमन्त्री प्रधानमन्त्री बन्छ, त्यसले कल्पना पनि गर्न सक्दैन कि नेपालमा नयाँ प्रधानमन्त्री बन्न सक्छ,’ उहाँले भन्नुभयोे– ‘किनभने प्रधानमन्त्री बन्ने कुरा भूतपूर्व क्लबकै हुने जस्तो भयो । नेपालका राजनीतिक पार्टीहरू नै यस्तै भए । नेकपा एमालेले कसरी बदल्छ त्यो उहाँहरूको कुरा हो, नेकपा ९माओवादी केन्द्र० ले कसरी बदल्छ त्यो उहाँहरूको कुरा हो । हामी कांग्रेसमा छौं, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ ।’

आफू अब पार्टीको संसदीय दलको नेता बदल्न लाग्नेसमेत थापाले बताउनुभयो । संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसका लागि आफैं लागि पर्ने थापाको भनाइ छ । ‘म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो’, उहाँले भन्न्ुभयो– ‘मैले सबै साथीहरूको चित्त बुझाउन त सकिनँ । तर, म थाकेको छैन, हारेको छैन, नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनुहुँदैन । त्यस कारणले कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुराको छ ।’

महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को सुरु गर्न जरुरी रहेको समेत बताउनुभयो । सबै पार्टीहरू मिसन २०८४ मा लागेकाले कांग्रेसले यो बीचमा देश सम्हाल्न र जनताको सेवा गर्न लाग्नुपर्ने उहाँको भनाइ छ । समाचारपत्र

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);