राष्ट्रिय सभा निर्वाचन : काँग्रेस नाै, एमाले आठ र लोसपालाई एक सिट बाँडफाँट | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

राष्ट्रिय सभा निर्वाचन : काँग्रेस नाै, एमाले आठ र लोसपालाई एक सिट बाँडफाँट

काठमाडाैं । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर निर्वाचनमा प्रतिष्पर्धा गर्ने भएका छन् । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन वटा राजनीतिक दलहरु मिलेर राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रतिष्पर्धा गर्ने निर्णय गरेको हो ।

जसमा नेपाली काँग्रेसले ९ सिट, एमालेले ८ र लोसपाले १ सिट लिएको काँग्रेसका नेता मिनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली काँग्रेसले प्राप्त गरेको ९ स्थानमा कोशीबाट सुनिल थापा, मधेसमा दलित र अल्पसंख्यक काँग्रेसले लिएको छ ।

अल्पसंख्यकमा रञ्जित कर्ण, दलितमा रौतहटका धमेन्द्र पासवानलाई अघि सारिएको बतउनुभयो ।  वागमती प्रदेशबाट गीता देवकोटा, गण्डकीबाट जगत तिमिल्सिना, लुम्बिनीबाट चन्द्रबहादुर केसी, वासुदेव जंगली, कर्णालीबाट ललितजंग शाही, सुदूरपश्चिमबाट खम्मबहादुर खाती रहनुभएको बताउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीले विभिन्न कुरामा असहमति जनाएपछि काँग्रेस र एमाले अघि बढेको बताउनुभयो ।

Leave a Reply