काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशपति शमशेर जबराले आगामी निर्वाचनमा धेरै भन्दा धेरै सिट जित्नेगरी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । राप्रपा र राप्रपा, नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले आउने चुनावको सामना गर्नसक्ने आँट सबैभन्दा ठूलो कुरा भएको बताउनुभयो । उहाँले आगामी निर्वाचनमा सबै मिलेर लाग्नुपर्ने बताउनुभयो । सबै मिलेपछि महत्वपूर्ण जित निकाल्न सकिने उहाँको जिकिर छ । हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा प्रयत्न गर्नुपर्ने उहाँले बताउनुभयो ।
पूर्वअध्यक्ष जबराले सबै नेताहरु निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।





