जुट्न थाल्यो दोर्जे तामाङलाई सहयोग | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

जुट्न थाल्यो दोर्जे तामाङलाई सहयोग

टिका खतिवडा
इलाम, २८ माघ
। इलामको माइखोलामा बालुवा संकलन गरेर आफ्नो दैनिकि चलाई रहेका ७७ वर्षिय जेष्ठ नागरिक दोर्जे तामाङलाई सहयोग जुट्न थालेको छ । केहिदिन अघि माउन्टेन टेलिभिजनबाट उनको दैनिकि कष्टकर भएको समाचार प्रसारण भएपछि सहयोग जुट्न थालेको हो ।

इलामको माइखोलामा ४० बर्षदेखि एक्लो जीवन बिताइ रहेका दोर्जे तामाङको कथा सुन्दा कसको आँखा नरसाउला र, जिवनको उत्तरार्धमा पनि गिट्टी कुटेर बालुवा संकलन गरेर दैनिकि चलाई रहेका ७७ वर्षिय जेष्ठ नागरिक दोर्जे तामाङको कथा केहि दिन अघि माउन्टेन टेलिभिजनबाट प्रसारण भएको थियो ।

दोर्जेको कहालीलाग्दो जिवनकहानी हेरेपछि अहिले सहयोग जुट्न थालेको छ । सहयोगि मनहरु माइखोलाको तिरमा, छाप्रोमा कष्टकर जिन्दगी बिताइरहेका दोर्जेलाई खाद्यन्न लत्ता कपाडा लिएर पुग्न थालेका छन् । खाद्यन्न लयातका सामाग्री पाएपछि दोर्जेको मुहारमा खुसी छाएको छ ।

७७ वर्षका दोर्जेले वृद्ध भत्ता पाउने हो भने दैनिकि चलाउन सहज हुने थियो तर नागरिकता नभएका कारण वृद्ध भत्ता पाउन सकेका छैनन् । त्यसैले सम्बन्धित निकायले नागरिकता र वृद्ध भत्ताको लागि पहल गरिदिए दोर्जेको मुहारमा थप मुस्कान थपिने थियो ।

परालको छाप्रोमा घाम पानि हावा हुरी चिसोसँग पौठाजोरी खेलिरहेको दोर्जेका लागि बस्ने घरको आवश्क छ । खोलाको तिरमा एक्लो जिन्दगी बिताइ रहेका दोर्जे थला परेपछि कसले हेरचाह गर्छ भन्ने चिन्ता पनि उत्तिकै छ ।