७७ बर्षको उमेरमा पनि संर्घष गर्दै दोर्जे तामाङ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

७७ बर्षको उमेरमा पनि संर्घष गर्दै दोर्जे तामाङ

टीका खतिवडा
इलाम, १७ माघ । जिन्दगीको उत्तरार्धमा सन्तानको साथमा नातिनातिना खेलाउने रहर कुन आमाबुबालाई हुदैन र, जब उमेर ढल्दै जान्छ, झन सन्तानको खोजी बढि हुन्छ । आफ्नो ज्यानले काम गर्न नसक्ने भएपछि सन्तानको सहारा खोज्नु स्वभाविक हो । तर इलामको माइखोलामा ७७ वर्षिय जेष्ठ नागरिक दोर्जे तामाङ नातिनातिना हैन बालुवा खेलाएर दिन बिताउने गरेका छन् ।

७७ वर्षिय जेष्ठ नागरिक दोर्जे तामाङ यो समय नातिनातिना खेलाएर बस्नु पर्ने हो । तर यो उमेरमा पनि माइखोलामा बालुवा नखेलाए उनको छाक टर्दैन । परिवारको साथमा आराम गरेर विताउनु पर्ने समयमा दोर्जे इलाममा टुप्लक्क घाम झुल्किएसँगै माइखोलामा बालुवा खेलाउन पुग्छन् । साँझ आँखा देखुन्जेल बालुवा जम्मा पार्नमै तल्लिन हुन्छन् । उमरले नेटो काटेपनि उनीमा जोस जागर उत्तिकै छ । त्यसैले त ७७ बर्षको उमेरमा पनि युवाको उमेर झै संर्घष गर्दै छन् दोर्जे तामाङ ।

उनीले बिहेपनि नगरेका हैनन्, जिन्दगीभरसँगै जिउने कसम खाएर श्रीमती भित्राए तर भाग्यको नियति,जायजन्म पनि नभई श्रीमतीलाई उनले गुमाउनु प¥यो । श्रीमतीको मृत्युपछि एक्लो भएका दोर्जे २०३४ सालमा धनकुटा बसन्तपुरबाट इलाम आएका थिए । इलाम आएर माईखोलामा बालुवा जम्मा पार्न थालेको ४० बर्ष बितेको उनलाई पत्तै छैन ।

माइखोलाको किनारामा खोलाले बगाएर ल्याएको बालुवा भेला पार्छन् । भेला पारेको बालुवा प्रति ट्याक्टर १२ सयमा बेच्ने गरेका छन् । त्यहीबाटा आफ्नो छाक टार्ने गरेका छन् । उनको मन अझै थाकेको छैन तर शरीर सिथिल बन्दै गएको छ । जेष्ठ नागरिकलाई राज्यले भत्ताको व्यवस्था पनि गरेको छ , हालै मात्र सरकारले वृद्ध भत्ता पाउने उमेर ६५ वर्षमा झारेको छ । तर ७७ वर्षका दोर्जे तामाङले अहिलेसम्म वृद्धभत्ता पाएका छैनन् । कारण दोर्जेसँग नेपाली नागरिकता छैन । देशमा धेरै परिवर्तन भए तर जिन्दगीको उत्तरार्धमा पनि वृद्ध भत्ता त परको कुरा नेपाली नागरिकता समेत उनले पाएका छैनन् ।

यो माघको जाडोमा खोलाको छेउमा परालको छाप्रोमा उनी दिन रात बिताउछन् । जेष्ठ नागरिकका लागि धेरै संघ संस्था वृद्धाआश्रम खोलिएका खोलिएका छन् । तर ती संघ सस्थाको नजर माइखोलाको तीरमा कसैको पर्न सकेको छैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);