एमाले वडा अधिवेसन : रसुवामा तीन खस ब्राम्हण, २५ जना जनजातिको नेतृत्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एमाले वडा अधिवेसन : रसुवामा तीन खस ब्राम्हण, २५ जना जनजातिको नेतृत्व

काठमाडौं । नेकपा एमाले रसुवा जिल्लाका ५ वटा स्थानीय तहका २७ वटा वडाको अधिवेसनमार्फत नयाँ नेतृत्व चयन भएको छ । रसुवाका कालिका गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, आमाछोदिङ्गो गाउँपालिकाका २७ वडामा सर्वसम्मत नेतृत्व चयन भएको पूर्व सांसद जर्नादन ढकालले जानकारी दिएका छन् ।

उनका अनुसार अधिकांश वडामा जनजाति समुदायवाट नेतृत्व चयन भएका छन् । जसअनुसार कालिका गाउँपालिकामा भरतप्रसाद न्यौपाने, अम्बिका पौडेल र हरिशरण पौडेलबाहेक २५ वडामा जनजाति समुदायले नेतृत्वमा चयन भएका छन ।

कालिका गाउँपालिका वडा नम्बर १ मा आङ्तेम्पा तामाङ, २ मा  रामबहादुर श्रेष्ठ, ३ मा भरतप्रसाद न्यौपाने, ४ मा अम्बिका पौडेल र  ५ मा हरिशरण पौडेल नेतृत्वमा चयन भएका छन् ।यसैगरी, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ मा बच्छु कैलाश तामाङ, २ मा पेमा दोर्जे घले, ३ मा जिम्बा गुरुङ, ४ मा  सोनाम साङ्बु तामाङ, ५ मा दावा तामाङ र ६ मा ङानेन घले नेतृत्वमा चयन भएका हुन् । 

उत्तरगया गाउँपालिका वडा नम्बर १ मा बुद्धिबहादुर तामाङ, २ मा भोजबहादुर तामाङ, ३ मा विष्णुबहादुर गुरुङ, ४ मा प्रतापसिं ब्लुन र  ५ मा विनोद आचार्यले नेतृत्व पाएका छन् । यस्तै, नौकुण्ड गाउँपालिकाको वडा नम्बर १ मा लक्षिन नुर्पु तामाङ, २ मा गणेशमान लामा, ३ मा नोकेन्द्र देव मोक्तान, ४ मा दीर्घसिंह वाइबा, ५ मा शरद गुरुङ र ६ मा यो नुर्पु तामाङ (च्याङ्बा) नेतृत्वमा चयन भएका छन् । आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर १ मा साङ लामा, २ मा सुमन तामाङ, ३ मा मारलामा तामाङ, ४ मा वीरेन्द्र घले र  ५ मा सुरेश तामाङ सर्वसम्मत नेतृत्वमा चयन भएका हुन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);