सभापति देउवाकाे शक्ति अभ्यासप्रति महामन्त्री थापाकाे आपत्ति | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

सभापति देउवाकाे शक्ति अभ्यासप्रति महामन्त्री थापाकाे आपत्ति

काठमाडाैं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउने प्रस्ताव गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न कार्यसम्पादन समितिको बैठकमा आफूले यस्तो प्रस्ताव राखेको महामन्त्री थापाले बताउनुभयो ।

उहाँले पार्टीको १५ औँ महाधिवेशनेको कार्यतालिका बिथोल्न केही जिल्लामा बद्नियतका साथ क्रियाशीलको काम रोकिएको भन्दै त्यस्ता स्थानमा केन्द्रबाट प्रतिनिधि पठाउनुपर्ने बताउनुभयो । उहाँले समस्या समाधान नभएका क्षेत्रमा पुरानै क्रियाशीलताको आधारमा संगठनात्मक कार्य अगाडि बढाउनुपर्ने समेत बताउनुभयो ।

उहाँले विवाद सिर्जना गरेर महाधिवेशनको कार्यतालिका बिथोल्ने जिल्लाहरुलाई महाधिवेशनमै सहभागी हुन नपाउनेसम्मको कारबाही गर्ने प्रस्ताव समेत आफूले राखेको बताउनुभयो । उहाँले वडा र क्षेत्रको महाधिवेशनको कार्यतालितामा आवश्यक संशोधन गर्न सकिने भएपनि केन्द्रिय महाधिवेशनको कार्यतालिका तलमाथि नहुने स्पष्ट पार्नुभयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएको भएपनि आफै शक्ति अभ्यास गरिरहेकोप्रति आपत्ति जनाउनुभयो ।

Leave a Reply