काठमाडौं । पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६८ हजार एक सय र चाँदीको मूल्य चार हजार चार सय २० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । दुवै धातुको मूल्य हालसम्मको उच्च हो ।
गत आइतबार छापावाल सुन प्रतितोला दुई लाख ५८ हजार तीन सयमा मा र चाँदी चार हजार एक सय पाँचमा कारोबार भएको थियो । सोमबार दुवै धातुको मूल्यमा उल्लेख्य वृद्धि हुँदै प्रतितोला सुन दुई लाख ६१ हजार सात सय पुग्यो भने चाँदी चार हजार २ सय ३५मा कारोबार भएको थियो ।
मङ्गलबार भारी वृद्धिका साथ एक तोला सुनको मूल्य दुई लाख ६७ हजार २ सय र चाँदी चार हजार २ सयि ५५ मा किनबेच भएको थियो ।





