काठमाडाैं । मधेस प्रदेस सभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश सभाबाट आइतबार सभामुखमा निर्वाचित भएका सभामुख यादवले शपथ ग्रहण गर्नुभएको हो ।
उहाँलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराउनु भयो । यसअघि आजै बसेको प्रदेश सभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा निर्वाचित हुनुभएको थियो ।
उहाँको विपक्षमा एमालेका त्रिलोकी प्रसादले समेत सभामुख पदमा उम्मेदवारी दिनुभएको थियो ।





